काठमाण्डौ। बजारले सकारात्मक लय समाप्दै नेप्से परिसूूचक उकालो लागिरहेको बेला साताको सेयर कारोबारको अन्तिम दिन भने ६ प्रतिशतले नेगेटिभ सर्किट लागेर बजार बन्द भएको छ।

बजारको सिद्धान्तविपरीत नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सर्किट ब्रेक लाग्नुु गलत भएको अभिव्यक्तिकै कारण बजारले नकारात्मक रुप धारणा गरेको विश्लेषकहरु बताउँछन्। 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणालीअन्तर्गत टीएमएस (ट्रेडिङ मेनेजमेन्ट सिस्टम) ले आज लगानीकर्ताहरुको सेयर खरिदबिक्रीको अर्डर नै राख्न नमिलेको गुुनासो छ। लगानीकर्ता ऋषिराम गौतमले पहिलो प्रहरमा टीएमएसमा समस्या रहेको दाबी गर्दै ब्रोकरबाट खरिदबिक्रीको आदेश नै प्रविष्टी गर्न नपाएको गुुनासो पोखे। ‘कारोबार गर्न ब्लक गर्नुु कसैले चलखेल गर्न खोजेको छ’, उनले बिजशालासँग भने, ‘यो त सरासर घोटाला भयो।’

यस्तै अर्का लगानीकर्ता सुुन्दर पाण्डेले समेत नेप्सेको सिस्टम नचलेकोले सेयर खरिदबिक्री गर्न नपाएको गुुनासो पोखे।

साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूूचकमा ६ प्रतिशतको भीषण पहिरो जाँदा नेप्से १२५६.११ विन्दूू झरेको छ भने बलिया र राम्रा कम्पनीहरुको सेन्सेटिभ इण्डेक्समा समेत १८ अंकको भारी गिरावटले २६९.०३ अंकमा सीमित बन्न पुुग्यो।

यो दिन नेप्से उपसमूहमा रहेका १२ समूह म्युचुअल फन्डबाहेक अन्य समूहमा रातो पोतियो। म्युचुअल फन्ड समूहमा ०.०१ को बढोत्तरी देखियो।

बीमा समूहमा ६०८.६१ अंकको भारी गिरावट देखिएको आज निर्जीवन बीमा समूह १७८.३१ अंकले घट्यो। त्यस्तै बैंकिङ समूह ८७.१४ अंक, होटेल्स् समूह १२८.३७ अंक, विकास बैंक समूह ७६.३५ अंक, जलविद्युत समूह ३४.९५ अंक, वित्त समूह ०.०३ अंक, उत्पादन तथा प्रशोधन समूह १२८.५२ अंक, अन्य समूह ३१.३९ अंक र  लघुवित्त समूह ७१.२६ अंकले घटेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता सेयर ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा कारोबार भएका छन्।

आज नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च सेयर कारोबार भयो। पुनर्बीमाको ६ करोड ६ लाख रुपैयाँ र नेपाल लाइफको ६ करोड रुपैयाँ बढीको कारोबार भयो। 

त्यस्तै हिमालयन डिस्टिलरीको ३ करोड ८४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड १८ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड २ लाख रुपैयाँ, एनएमबी बैंकको १ करोड ९६ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ७८ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ५२ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भयो।

धेरै कमाउने र धेरै गुमाउने

आजका दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशत बढीको बढोत्तरी भयो। 

त्यस्तै यो दिन पाँच कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। सोल्टी होटलमा १० प्रतिशत र प्रभु बैंकमा १० प्रतिशतको हाराहारीमा भएको गिरावटसँगै नेगेटिभ सर्किट लग्यो। यसैगरी हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंकका सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको गिरावट आयो।