काठमाण्डौ । कोरोनाको हट स्पट बनेको भारतमा आइतबार एकैदिन झन्डै १ लाख ७० हजार संक्रमित थपिएका छन्।

भारतमा आइतबार १ लाख ६९ हजार ८९९ जनामासंक्रमण पुष्टि भएको हो। एकैदिनको यो आँकडा हालसम्मकै उच्च हो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार सबैभन्दा धेरै महराष्ट्र राज्यमा ६३ हजार २९४ जनामा कोरोना पुष्टि भएको छ। उत्तर प्रदेशमा १५ हजार २७६ जना नयाँ संक्रमित फेला परेका छन्। 

यसैगरी आइतबार एकैदिन भारतमा ९०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। 

हालसम्म भारतमा १ करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये १ लाख ७० हजारको ज्यान गइसकेको छ। – एजेन्सी