काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा र विद्यार्थीमाझ बीमा जागरण ल्याउने कार्यलाई तीव्रता दिँदै आएको छ।

यसैअन्तर्गत गएको हप्ता लुम्बिनी प्रदेश र २ नं. प्रदेशको विभिन्न ठाउँमा बीमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएका छन्। भैरहवा बहुमुखी क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ८० जना स्नातक तहका विद्यार्थीको सहभागिता थियो। कम्पनीका भैरहवा कार्यालय प्रमुख अजय त्रिपाठीबाट सञ्चालित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए। कम्पनीका सहायक प्रबन्धक अमरदीप गुप्ता र मार्केटिङ मेनेजर यमलाल न्यौपानेले बीमाको महत्वबारेमा प्रकाश पारेका थिए। 

त्यसैगरी दाङको घोराहीका दुई छुट्टाछ्ट्टै कलेजमा बीमा जनचेतना कार्यक्रम सञ्चालन भएको छ। अम्विकेश्वरी कलेजमा महालक्ष्मी लाइफका एजेन्सी मेनेजर लालचन्द्र बन्जाडेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ५५ जना स्नातक तहका विद्यार्थीको सहभागिता थियो। कम्पनीका शाखा प्रमुख अरुण भट्टराईबाट सञ्चालित कार्यक्रममा क्याम्पसका व्यवस्थापन प्रमुख द्रोण खड्का, एजेन्सी मेनेजर बसन्त भट्ट तथा अभियानका जिल्ला सदस्यहरु कमलमनी देवकोटा र प्रदीपकुमार पाण्डेको उपस्थिति थियो भने उपक्षेत्रीय प्रमुख कृष्णप्रसाद पोखरेलले प्रशिक्षण दिएका थिए। 

त्यसैगरी मंसिर २४ गते घोराहीको राप्ति इन्जिनियरिङ कलेजमा सञ्चालित कार्यक्रमको अध्यक्षता कलेजका निर्देशक मधुसुदन बैद्यले गरृका थिए। ७० जना विद्यार्थी सहभागी कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए। कलेजका निर्देशक मधुसुदन बैद्यले ‘युवासँग महालक्ष्मी’ कार्यक्रमले विद्यार्थीबीच  बीमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिए। अरुण भट्टराईबाट सञ्चालित कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी सिभिल इन्जिनियरिङका विभागीय प्रमुख बाबुराम जोशी, कम्पनीका मार्केटिङ मेनेजर यमलाल न्यौपाने र उपक्षेत्रिय प्रमुख कृष्णप्रसाद पोखरेलको उपस्थिति थियो।

रौतहटको समनपुरस्थित शंकर गुदर उच्च माविमा मंसिर २४ गते ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन भएको छ। शिक्षिका रेनु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा ९० जना विद्यार्थीको सहभागिता थियो। कम्पनीका गौर प्रमुख राजेशकुमार साहबाट सञ्चालित कार्यक्रममा रेनु गुप्ता, मनोजकुमार यादवले कार्यक्रमको महत्वबारेमा मन्तव्य राखेका थिए। कम्पनीका क्षेत्रीय प्रमुख दिगम्बर  प्रसादको प्रशिक्षण परेको कार्यक्रममा अभियानका केन्द्रीय सदस्य रामाशंकर यादव र अन्य जिल्ला सदस्यहरुको सहभागिता थियो।