काठमाण्डौ । काठमाण्डौबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इन्जिनमा आगो लागेको हो। इन्जिनमा आगो लागेपछि विमान फर्काए फेरि काठमाण्डौमै आकस्मिक अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।
विमान अवतरण भइसकेको छ। विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ।
इन्जिनमा आगो लागेको विषयमा छानबिन हुने बताइएको छ।
10 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago