काठमाण्डौै । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्टारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्तिपछि सोमबारदेखि सिभिल बैंक लिमीटेड र इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स लिमीेटेड एक आपसमा गाभिई संयुक्त कारोबार सुरु गर्दैछन् । 

मर्जरपछि बैंकको नाम ‘सिभिल बैंक’ नै रहने र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । 

मर्जरपछि बैंकको शाखा संख्या ५१ पुगेको छ । रु २३ करोड चुक्तापुँजी रहेको युनिक फाईनान्स र रु २२ करोड चुक्तापुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको चुक्तापुँजी यो खरिद पछि रु ५ अर्ब ५४ करोड पुग्नेछ । 

यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केही ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताए । 

T-24  नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लैजाने प्रतिबद्धता जनाएको छ । 

साथै, २०७४ असार मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताए ।