काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको प्रबन्धन र लक्ष्मी बैंकको प्रायोजनमा संचालनको अनुमति पाएको लक्ष्मी इक्वीटी फण्डले आज(बैशाख २२ गते)देखि १० रुपैयाँ प्रति इकाई मूल्यको कुल १० करोड इकाईको सार्वजनिक निश्कासन गर्दैछ ।

लक्ष्मी क्यापिटल लिमीटेडको यो दोश्रो म्युुचुुअल फण्ड हो ।

कुल १ अर्ब रुपैयाँ मूल्यको सार्वजनिक निश्कासनमा सर्वसाधारणका लागि लगानीको अवसर खुलाउन लागिएको हो । लक्ष्मी इक्वीटी फण्ड ७ वर्षे बन्दमुखी म्युचुुअल फण्ड हो ।

यो स्किममा लगानीकर्ताले बैशाख २६ गतेसम्म आवेदन दिनसक्नेछन् । सो अवधिमा माग अनुसारको आवेदन नपरे जेठ  ५ गतेलाई अधिकतम आवेदन मिति तोकिएको छ ।

इच्छुकले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड इकाईसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

कुल १० करोड इकाईमध्ये यो कम्पनीले १ करोड ५० लाख इकाई लक्ष्मी बैंकका लागि र ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ ।

यो सार्वजनिक निश्कासनको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ ।

लक्ष्मी क्यापिटलले यसअघि पनि लक्ष्मी भ्यालु फण्ड १ नामको म्युचुुअल फण्ड संचालन गरेको छ । यो फण्डको चैत अन्तिमसम्मको नेट एसेट भ्यालुु(खूद सम्पत्ति मूल्य) प्रति इकाई १३.४६ रुपैयाँ छ ।

कहाँबाट दिने आवेदन ?
१. लक्ष्मी क्यापिटल मार्केट लिमीटेड, नयाँ बानेश्वर काठमाण्डौ । सम्पर्क व्यक्ति: विजय महतो, सम्पर्क फोन : ०१-४७८०२२२
२.लक्ष्मी बैंक लिमीटेड, हात्तीसार काठमाण्डौ तथा देशभरका सबै शाखा । सम्पर्क व्यक्ति : अभिष आचार्य । फोन : ०१-४४४४६८४

३. आस्वाको सेवा प्रवाह गर्ने अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्थाका देशभरका शाखा कार्यालयहरु ।