काठमाण्डौ । धितोपत्रको दोस्रो बजार आज(बुधबार)देखि नियमित खुल्ने भएको छ ।

नेपालीहरूको महान चाड दसैंको उपलक्ष्यमा गत शुक्रबारदेखि मंगलबारसम्म बिदा भएकोमा आजदेखि भने धितोपत्रको दोस्रो बजार पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।

धितोपत्रको दोस्रो बजार गत बिहीबारसम्म संचालन भएकोमा बुधबारदेखि पुनः नियमित हुन लागेको हो । 

आजदेखि खुल्ने बजारले औसत प्रदर्शन गर्ने आँकलन गरिएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुले अनपेक्षित लाभांश घोषणा गरिरहेकोले लगानीकर्ताहरुको आकर्षण बैंकिंगमा हुनसक्ने समेत अनुमान गर्न सकिन्छ ।