काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पर्वलक्षित कोभिड खोप अभियान भोलि असोज २२ गतेबाट सञ्चालन गर्ने भएको छ।

यस अभियानअन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट कोभिडविरुद्धको पहिलो डोज दिइने काठमाण्डौ महानगरको जनस्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार ३ दिनसम्म यो अभियान सञ्चालन हुनेछ। 

खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचयपत्रसहित खोप केन्द्र जानुपर्नेछ। 

काठमाण्डौका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाउन सकिने विभागले जनाएको छ।