काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा भोलि मंगलबारदेखि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारमा आउने भएको छ। 

समता र घरेलु लघुवित्त आपसमा गाभिएपछि बनेको नयाँ संस्था समता घरेलु लघुवित्तको सेयर कारोबार भोलिबाट आउने भएको हो। यी दुवैको कुल २८ लाख ५६ हजार २०१.६० कित्ता धितोपत्र बजारमा कारोबार हुन सक्ने गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ।

यसअघि मर्जर प्रक्रियाका लागि नेप्सेले समता लघुवित्तको धितोपत्र कारोबार रोक्का राखेको थियो। अब सेयर सूचीकरण सम्झौता भएसँगै भोलिबाट समता घरेलु लघुवित्तका नाममा कारोबार फुकुवा भएको हो। 

यी दुवै लघुवित्त आपसमा १ः०.८० सेयर स्वाप रेसियोमा गाभिएका हुन्।