काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि बिहीबारदेखि बीमा कम्पनीहरुका सबै शाखा बन्द हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले भोलिबाट उपत्यकामा बीमा कम्पनीका सबै शाखा कार्यालय बन्द गर्न निर्देशन दिएपछि बीमा समितिले पनि शाखा कार्यालयहरु बन्द गर्न निर्देशन जारी गर्ने तयारी गरेको स्रोत बताउँछ। 

भोलिबाट बीमा कम्पनीहरुका कर्पोरेट कार्यालयबाहेक सबै शाखा कार्यालयहरु बन्द हुने बताइएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार काठमाण्डौ उपत्यकाबाहिर शाखाहरु चलाउन कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिनेछ। 

निषेधाज्ञा जारी भएयता बीमा कम्पनीहरु सीमित कर्मचारी राखेर सञ्चालन भइरहेका छन् । अहिले दाबी भुक्तानी र अत्यावश्यक परेका बीमा पोलिसीका कामहरुमा भइरहेका छन्।