काठमाण्डौ । वायुसेवा कम्पनीहरुले विरोध गर्दै भोलि शुक्रबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाको विरोधमा वायुसेवा कम्पनीहरुले यस्तो चेतावनी दिएका हुन्।
वायुसेवा सञ्चालक संघ (एओन) ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफूहरुलाई मान्य नरहेको स्पष्ट पारेको छ।
क्यानले बुधबार पत्र पठाउँदै वायुसेवा कम्पनीहरुलाई वैशाख १५ गतेदेखि नियमित दैनिक १८ घन्टा रात्रिकालीन सेवासमेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडानसम्बन्धी नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आबद्ध वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन्।
वायुसेवा कम्पनीहरुले यसअघिको वैशाख ३ गतेकै उडान स्लट कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ । क्यानको निर्णयमा संशोधन नभएसम्म वैशाख १६ गते (भोलि)देखि नै सम्पूर्ण आन्तरिक उडान स्थगन गरिने उनीहरुले चेतावनी दिएका छन्। यसबाट यात्रुलाई पर्न जाने असुविधाप्रति संघले क्षमायाचना पनि गरेको छ।
5 minutes ago
24 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
13 hours ago