काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बुधबारबाट कारोबारमा आउने भएको छ।
कम्पनीको आईपीओ आज नेप्सेमा सूचीकृत भएसँगै यो कम्पनीको सेयर भोलिबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको हो। नेप्सेमा यो कम्पनीको कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता (८०%), आयोजना प्रभावित स्थानीयको १८ लाख २७ हजार ९७० कित्ता (१०%) र सर्वसाधारण (सामूहिक लगानी कोष र कर्मचारीसहित) १८ लाख २७ हजार ९७० कित्ता (१०%) रहेको छ।
नेप्सेले यो कम्पनीलाई बीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम ९३.६४ रुपैयाँदेखि अधिकतममा २८०.९२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र यदि भोलि स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि सेयर कारोबार खुल्नेछ।
बलेफी हाइड्रोपावरले गत चैत १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत चैत २९ गते गरिएको थियो।
29 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago