काठमाण्डौ । भारतको भारतीय रिजर्भ बैंक (आरबीआई)ले भोलि डिसेम्बर १ मा रिटेल डिजिटल रुपैयाँ (ई–रुपी) को पायलट प्रोजेक्टको सुरुआत गर्ने घोषणा गरेको छ। 

पाइलट प्रोजेक्टमा ई–रुपीको निर्माण, वितरण र खुद्रा प्रयोगको सम्पूर्ण प्रक्रियालाई नजिकबाट जाँच गरिनेछ। यस परीक्षणबाट प्राप्त नतिजाका आधारमा रिटेल डिजिटल रुपैयाँमा परिवर्तन हुनेछन्।

आरबीआईले पाइलटसँग ग्राहक र व्यापारीको एउटा क्लोज्ड ग्रुप हुने जनाएको छ। जसले चयन गरिएका स्थानहरु रिकभर गर्नेछ। ई–रुपी बैंक मार्फत वितरण गरिनेछ। प्रयोगकर्ताले यसलाई मोबाइल फोन र अन्य डिभाइसमा डिजिटल वालेटहरुमा राख्न सक्नेछन्। डिजिटल वालेटका साथ व्यक्तिदेखि व्यक्ति वा व्यक्तिदेखि व्यापारी लेनदेन गर्न सकिनेछ। व्यापारीलाई क्यूआर कोडमार्फत पनि भुक्तानी गर्न सकिन्छ।

ई–रुपी पैसा अन्य कुनै पनि रुप मा रुपान्तरण गर्न सकिन्छ। यस पाइलट प्रोजेक्टका लागि ८ बैंक छनोट गरिएका छन्। तर, पहिलो चरणमा भने स्टेट बैंक अफ इन्डिया, आईसीआईसीआई बैंक, यस बैंक र आईडीएफसी फर्स्ट बैंकबाट देशभरका ४ सहरमा यसको सुरुआत गरिनेछ। यसपछि बैंक अफ बडोदा, युनियन बैंक अफ इन्डिया, एचडीएफसी बैंक र कोटक महिन्द्रा बैंकसहित अन्य ४  बैंक यो पाइलटमा सामेल हुनेछन्।

पाइलटले सुरुमा ४ सहर कभर गर्नेछ। जसमा मुम्बई, नयाँ दिल्ली, बेंगलुरु र भुवनेश्वर छन्। विस्तारै अहमदाबाद, गान्तोक, गुवाहाटी, हैदरावाद, इन्दोर, कोची, लखनऊ, पटना र सिमलामा विस्तार हुने आरबीआईले जनाएको छ। थप बैंक र सहर क्रमशः समावेश गर्ने योजनामा आरबीआई रहेको छ। 

दुई प्रकारका डिजिटल मुद्रा हुनेछन् – सीबीडीसी थोक र सीबीडीसी खुद्रा। नोभेम्बर १ मा आरबीआईले थोक ई–रुपीको पायलट सुरु गर्यो। यी बैंक ठूला गैरबैंकिङ वित्त कम्पनी र अन्य ठूला लेनदेन संस्थासहित ठूला वित्तीय संस्थाहरुका लागि मात्र हुन्। यसका लागि एसबीआई, बीओबी, युनियन बैंक अफ इन्डिया, एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, कोटाक महिन्द्रा बैंक, यस बैंक, आईडीएफसी फर्स्ट बैंक र एचएसबीसलिाई छनोट गरिएको थियो।

ई–रुपी भनेको डिजिटल मुद्राको मूल्य पनि विद्यमान मुद्राको बराबर हुनेछ। यो पनि भौतिक मुद्राजस्तै स्वीकार गरिनेछ। यसका साथ खल्तीमा नगद राख्न आवश्यक छैन। यसले मोबाइल वालेटजस्तै काम गर्नेछ। बैंक खाता राख्नका लागि कुनै बाध्यता हुने छैन। यसबाट मानिसले नगदरहित भुक्तानी गर्न सक्नेछन्। –एजेन्सी