काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टम (प्रणाली) भोलि शुक्रबार र पर्सि शनिबार पूर्ण रुपमा बन्द गरिने भएको छ। 

नेप्सेले आज एक सूचना प्रकाशित गर्दै भोलि र पर्सि नेप्सेको सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको हो। 

डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि नेप्से प्रणाली २ दिनका लागि बन्द गरिने नेप्सेले जनाएको छ। यो अवधिमा नेप्सेको सबै प्रणाली बन्द रहने बताइएको छ। 

यद्यपि छिटोभन्दा छिटो मर्मत र स्तरोन्नतिको काम गरिने नेप्सेले जनाएको छ। यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ।