काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (पुस २४ गते) पनि सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।