काठमाण्डौ । दोस्रो बजारमा आज ३ महिनापछिकै सबैभन्दा कम कारोबार तथा भोलुम देखिएको छ।
आज दोस्रो बजारमा जम्मा १ अर्ब ७ कारोड रुपैयाँमात्रै कारोबार भएको छ। यो भनेको गत वर्षको डिसेम्बरपछिकै सबैभन्दा कम हो।
पछिल्लोपटक ७ अर्ब रुपैयाँ कारोबार भएपछि यो सबैभन्दा कमी कारोबार हो। यदि बजारमा भोलुम तथा करोबार ड्राई अप हुँदै गएमा बजारमा घट्ने क्रम रोकिँदै गएको बुझ्न सकिन्छ। क्यान्डल स्टिकबाट हेर्दा क्यान्डल रातो भए पनि छोटा–छोटा भएका छन्।
बजारलाई अन्य इन्डिकेटरहरुबाट हेर्दा गएका ३ काराबोरमा बजारले १९२१ मा सपोर्ट लिएको देखिन्छ। आरएसआई ओभर सोल्ड जोन ३३ को तहमा पुगेको छ।
म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम नेगेटिभ रहेका छन् तर विस्तारै छोटा–छोटा भएका छन्।
गत जनवरी अन्तिममा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड रहेको छ। तर, बुलिस क्रसओभर भने हुन सकेको छैन।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago