काठमाण्डौ । मंगलम इन्डस्ट्रिज प्रालि औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७–७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्रअन्तर्गत सर्वाधिक आयकर दाखिला गरी आन्तरिक राजस्व विभागद्वारा सम्मानित हुन सफल भएको छ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मानपत्र मंगलम इन्डस्ट्रिजका लागि कम्पनीका अध्यक्ष सुदर्शन चुरिवाल र निर्देशक सशी चुरिवालले ग्रहण गरेका थिए।
अध्यक्ष चुरिवालले भने, ‘देशमै उत्पादन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा हामी असाध्यै गौरवान्वित भएका छौँ। देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ। यसका साथै यो यात्राको क्रममा हामीसँग हातमा हात मिलाई काँधमा काँध मिलाई अघि बढ्न साथ दिने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।’
मंगलमले घर तथा उद्योग निर्माणका क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्ससम्बन्धी सम्पूर्ण सामग्री उत्पादन गर्दै आएको छ। यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरुको नेपालको अग्रणी निर्माता हो।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago