काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकसँग अन्य चार विकास बैंकको मर्जर टुुंगिएर संयुक्त कारोबार मंसिरभित्र थाल्ने गरी तयारी सुुरु भएको छ । 

एनसीसीसँग एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकको मर्जर प्रक्रियाका सबै काम सकी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्रबैंकमा निवेदन परेको छ । त्यहाँ निवेदन परेको लामो समयसम्म पनि अन्तिम स्वीकृति नआएपछि लगानीकर्तामा अन्यौल बढिरहेको बेलामा नेपाल राष्ट्रबैंकस्थित स्रोतले अब बढीमा ३ साताभित्र फाइनल अप्रूूभल आउने र संयुक्त कारोबार सुरु हुने दाबी गरेको हो । 

मर्जरमा जान लागेकामध्ये एनसीसीको सेयरलाई आधार बनाएर सम्पत्ति तथा दायित्वको विस्तृत अध्ययन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार गरिएको थियो । डिडिएले कुमारीलाई ९९.३१, एपेक्सलाई ४७.३९, इन्फ्रास्टक्चर डेभलपेन्ट बैंकलाई ७६.९४, इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई ७२.७७ र सुप्रिम डेभलपमेन्ट बैंकलाई ७६.०५ कित्ता सेयर दिन सिफारिश गरेको थियो । मर्जर कमिटिले दशमलवपछि आएको अंकलाई एक कित्ता दिने गरी निर्णय पनि भएको थियो । तर, सेयर स्वाप रेसियोमा कुमारीले असहमति जनाउँदै मर्जर प्रक्रियाबाट नै बाहिरिएपछि बाँकी रहेका बैंकहरुले अन्तिम स्वीकृतिका लागि निवेदन दिएका थिए । 

यो रेसियो अनुसार एपेक्सका लगानीकर्ताले सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले सेयर पाउने सहमति भएको छ । 

डिडिए रिपोर्टलाई सबै बैंकहरुको विशेष साधारणसभाबाट भारी बहुमतले पारित गरिसकेको छ । दुुई महिनाअघि नै विशेष साधारणसभा(ती संस्थाको सर्वोच्च निकाय)ले डिडिए रिपोर्ट कार्यान्वयनमा ल्याउने मार्गप्रशस्त गरेपछि जितबहादुर र लक्ष्मीबहादुुर श्रेष्ठको योजनामा अदालतमा मुद्धा दायर गरिएको थियो । सोही मुद्धाको बिषयमा अदालतले निकै ढिलो गरी फैसला सुनाएको हो । 

‘अदालतले डिडिए रिपोर्ट कार्यान्वयनमा नल्याउनुु भनेको छ ।’ स्रोतले भन्यो–‘तर अदालतको आदेश आउनुुअघि नै सबैको विशेष साधारणसभाले डिडिए रिपोर्टलाई स्वीकृत गरी कार्यान्वयन भइसकेको अवस्था हो ।’ एनसीसीमा हाल नेपाल राष्ट्रबैंकको टिमले व्यवस्थापन सम्हालिरहेको छ । अदालतले नेपाल राष्ट्रबैंकलाई एनसीसीसँग अन्य बैंकको मर्जर प्रक्रियालाई निरन्तरता दिने बिषय पनि मार्ग प्रशस्त गरेकोले जारी प्रक्रिया नरोकिने स्रोतले बताएको हो । 

‘राष्ट्रबैंकको काम कारबाहीको बिषयमा अदालतले केही पनि बोलेको छैन ।’ राष्ट्रबैंकका एक अधिकारीले भने–‘हामी आफ्ना कामलाई अगाडि बढाउँछौ, अब रोकिन्न ।’