काठमाण्डौ । वाणिज्य बैंकहरुले कात्तिकमा कायम ब्याजदरलाई नै मंसिर महिनामा निरन्तरता दिने भएका छन्।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो। ‘मंसिरमा बैंकको कर्जा र निक्षेपको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति बनेको छ’, सिभिल बैंकका सीईओ सुनीलकुमार पोखरेलले बिजशालासँग भने।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा लिने लक्ष्यअनुसार पुसमा ब्याजदर फेरबदल हुन सक्ने बताइएको छ। अहिले भने अर्थतन्त्रका मुख्य सूचकहरु स्थिर नै रहेकोले पनि ब्याजदर फेरबदल गर्नुपर्ने अवस्था नदेखिएको बैंकरहरुबीच सहमति जुटेको हो।
यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए।
असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए। केही बैंकहरुले भने रेमिट्यान्समा १५ प्रतिशतसम्म ब्याजदर दिएका थिए।
ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेका थिए।
10 minutes ago
30 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago