काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको मंसिर महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमिब सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि सरल बचत फन्ड–इ र एनएमबी ५० को वित्तीय विवरण सार्वजनिक भएको हो।
मंसिरमा एनएमबि हाइब्रिड फन्ड एल–१को न्याभ घटेर १०.६० रुपैयाँ कायम भएको छ। गत कात्तिकमा यो योजनाको न्याभ १०.६९ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत मंसिरसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ९१ करोड २५ लाख रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी ९६ करोड ९४ लाख रुपैयाँ थियो।
मंसिरमा यो योजनाको कुल व्यय ५ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल व्यय ४ करोड ९९ लाख रुपैयाँ थियो।
यसैगरी मंसिरमा एनएमबि सरल बचत फन्ड–इको न्याभ पनि सामान्य घटेर ८.८० रुपैयाँ कायम भएको छ। गत कात्तिकमा न्याभ ८.८४ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत मंसिरसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ५२ करोड ३२ लाख रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी ४८ करोड १४ लाख रुपैयाँ थियो।
मंसिरमा यो योजनाको कुल व्यय १ करोड ८९ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल व्यय १ करोड ५८ लाख रुपैयाँ थियो।
मंसिरमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ बढेर १०.०४ रुपैयाँ कायम भएको छ। गत कात्तिकमा न्याभ १०.०२ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत मंसिरसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ३५ करोड २४ लाख रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी २९ करोड ८६ लाख रुपैयाँ थियो।
मंसिरमा यो योजनाको कुल आय ५० लाख ८ हजार रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल आय २६ लाख ८९ हजार रुपैयाँ थियो।
यस्तै एनएमबि ५० को न्याभ घटेर १०.६८ रुपैयाँ कायम भएको छ। गत कात्तिकमा न्याभ १०.८४ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत मंसिरसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी १ अर्ब १५ करोड रुपैयाँ थियो।
मंसिरमा यो योजनाको कुल व्यय ६ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल व्यय ४ करोड ९७ लाख रुपैयाँ थियो।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago