काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशत हुन आउने २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता छुट्याइएको छ। 

यो कम्पनी निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फन्डको समेत लगानी रहेको छ।

यसैगरी आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

आज एक कार्यक्रमबीच यस सम्बन्धमा सम्झौता भएको हो। सम्झौतापत्रमा मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।