काठमाण्डौ । लोकप्रिय अल्टरनेटिभ रक ब्याण्ड,‘मंकी टेम्पल’ को गीत‘हराउन चाहन्छु’ को प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २मा सार्वजनिक भएको छ । 

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केही प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

मङ्की टेम्पलको चौथो स्टुडियो एल्बम, ‘अजम्बरी’ को तेस्रो गीत‘हराउन चाहन्छु’ टुबोर्ग ओपन सेसन्स् सिजन २ को मञ्चमा प्रस्तुत गरिएको छ । उक्त गीत अमेरिकी ब्याण्ड ‘क्यान्डल बक्स्’ का पिटर क्लेटले रिमिक्स् तथा रिमास्टर गरेका हुन् भने गीतारिस्ट दिपेश श्रेष्ठले संगीत भरेका हुन् । मंकी टेम्पलको नियमित सांगीतिकविधाभन्दा‘हराउन चाहन्छु’ केही फरक रहीहल्काआर.एण्ड.बी. शैलीको रहेको छ ।

सन् १९९८ बाट सांगीतिक यात्रा शुरु गरेको मंकी टेम्पल, देशकै पहिलो अल्टरनेटिभ रक ब्याण्डहरु मध्ये एक हो । 

साथै, एम्टिभि साउथएसियामा प्रस्तुति पेश गर्ने पहिलो नेपाली ब्याण्डहरु मध्ये एक पनिहो । 

ब्याण्डमा भोकल्स् तथा रिदम गीतारमा शरिन देउजा, लिड गीतारमा दिपेश श्रेष्ठ, बेस गीतारमा जेनिस महर्जन र ड्रम्समा प्रताप रिशाल रहेका छन् । आफ्नो संगीतको जादुले विभिन्न राष्ट्रिय अवार्डहरु मंकी टेम्पलले हात पार्न सफल भएको छ र स्वदेश तथा विदेशमा सांगीतिक टुरहरु गर्ने क्रम जारी नै छ ।

टुबोर्ग ओपन सेसन्स् २ एक युट्युबसिरिज हो जसमा, विभिन्नप्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।
टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मद्दत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।