काठमाण्डौ। मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर साउन १४ गतेबाट लिलामीमार्फत बिक्री गरिने भएको छ। 

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. ३०० मात्र तोकिएको छ। संस्थापक सेयर बोलकबोलका माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।

यसका साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भदौ ८ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ।