काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले थप ४ शाखा विस्तार गरेको छ।

संस्थाले आफ्नो १२ औँ, १३ औँ, १४ औँ र १५ औँ शाखा कार्यालय रुपन्देहीको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवामा विस्तार गरेको हो। संस्थाको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले नयाँ शाखा कार्यालयको उद्घाटन गरे। 

काठमाण्डौको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि चितवनको नारायणगढ, काठमाण्डौको न्युरो, पाल्पारोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा र वीरगन्जमा ११ वटा शाखा सञ्चालनमा छन्। थप ४ नयाँ शाखासहित संस्थाको शाखा संख्या १५ पुगेको छ। 

२०७८ साल असार मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्तापुँजी एवं रु ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरी रु ७.९५ अर्ब कर्जा परिचालन गरेको छ । यसका साथै फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।