काठमाण्डौ । ग्लोकल प्रालिले भारतको नयाँ दिल्लीस्थित लिथुआनियाको राजदूतावास र बैंकिङ साझेदारका रुपमा नबिल बैंकसँगको साझेदारीमा मधेस प्रदेशको लहान, जनकपुर र बर्दिबासमा २०० महिलाका लागि वित्तीय साक्षरता तालिमको ६ ब्याचमा सफलतापूर्वक सञ्चालन गरेको छ।
वित्तीय शिक्षा प्रवर्द्धन र नेपालमा महिलाको वित्तीय साक्षरता ज्ञान र सीपको विकास गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको थियो। महिलाहरुका लागि वित्तीय साक्षरता तालिम ३ घन्टाको तालिम थियो। जसमा प्रत्येक ब्याचमा ३५ जना सहभागी थिए। जम्मा ६ ब्याचका लागि सम्बन्धित क्षेत्रका अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षित भएका थिए।
यो परियोजनाले महिलाहरुको वित्तीय साक्षरता र वित्तीय गतिविधिहरुको कार्यान्वयनलाई बलियो बनाउन केन्द्रित थियो। यस परियोजनाले महिलालाई आर्थिक रूपमा सुरक्षित भविष्यका लागि लक्षित गरेको छ। ता कि उनीहरुले थप उत्पादकत्व र जीवनको गुणस्तरमा योगदान दिन सकून्। जसले महिलाहरुलाई आफ्नै आर्थिक निर्णय लिनका लागि थप जिम्मेवार बनाउँछ।
यस परियोजनाको मुख्य लक्ष्य महिलालाई आर्थिक रूपमा सुरक्षित बनाउने र आर्थिक स्वतन्त्रता र वित्तीय साक्षरता सम्बन्धी तालिम दिनु थियो। उनीहरुलाई डिजिटल वित्तीय माध्यमको परिचय गराइयो र उनीहरुले आफ्नो वित्तीय स्रोतहरु बचत, लगानी र सुरक्षित गर्ने उद्देश्यले बैंक खाता खोल्न सिके।
परियोजनाले महिलालाई आर्थिक रुपमा दिगो बन्न र आफ्नै व्यक्तिगत बचत खाता सिर्जना गर्न मद्दत गर्न केन्द्रित थियो।
यस परियोजनाले नेपालका ग्रामीण समुदायमा पिछडिएका महिला समुदायमा केन्द्रित वित्तीय साक्षरता विस्तृत कार्यशालालाई सहजीकरण गर्ने उद्देश्य राखेको थियो। अहिले समुदायका पुरुषको तुलनामा महिलाले धेरै आर्थिक जटिलता सामना गर्छन्। यस परियोजनाले उनीहरुलाई आफ्नो पैसा कसरी राम्रोसँग व्यवस्थापन गर्ने भनेर मात्र देखाएको छैन तर उनीहरुलाई सुरक्षित वित्तीय संस्थाहरुमा बचत जम्मा गर्न, लगानी गर्न र उनीहरुको स्थिर वित्तीय भविष्य सुरक्षित गर्न पनि सिकाएको छ।
कार्यक्रमको समापन समारोहमा लिथुआनियाको राजदूतावास, युरोपियन युनियनका प्रतिनिधि, नबिल बैंकका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago