भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिइरहेका छन् । 

गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले ८०० मत गन्दा ४३७ मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले २८६ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा एमालेकी उत्तरा नेपालले ३३६ मतसहित अग्रता लिएकी छिन् । उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २९६ मतसहित पछ्याइरहेका छन्।