काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेका दाबीको आधार नपुग्ने भन्दै खारेज गरिदिएसँगै संसद संवैधानिक रुपमै भंग भएको छ । 

राष्ट्रपति कार्यालयले मध्यरातमा जारी गरेको विज्ञप्तिपछि अब केहीबेर बालुवाटारमा मन्त्रीपरिषद बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । यसअघि साँझ ७ बजे बैठक बोलाइए पनि सो स्थगित भएको थियो । 
मन्त्रीपरिषद बैठकले विशेष निर्णय लिने बताइएको छ ।