काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नंं. ७ चोरमारा बजारमा नेपाल बैंक लिमिटेडको २१३ औँ शाखाका रुपमा चोरमारा शाखा (३१८) को औपचारिक उद्घाटन गरिएको छ। 

गत शुक्रबार अर्थसचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको पनि उपस्थिति थियो। 

कार्यक्रममा मध्यविन्दु नगरपालिकाकी नगर उपप्रमुख ओमकुमारी महतो, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ बराल, नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टेकबहादुर अर्यालका साथै मध्यविन्दु नगरपालिकाको वडा नं. ७, ८, १५ का वडाअध्यक्षहरु, स्थानीय विद्यालयका प्रधानाध्यापकहरु, बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरु, समाजसेवी र बुद्धिजिवीहरुको उपस्थिति थियो।

अर्थसचिव मरासिनीले यस क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना हुनु स्थानीयस्तरमा आर्थिक बिकासको ढोका खुल्नु भएकाले यस शाखाले स्थानीय जनताहरु विच वित्तीय साक्षरता र वित्तीय पहुँचको वृद्धि गर्ने साथै जनताहरुले पनि बैंकबाट आफूअनुकूलको वित्तीय सेवा लिनुपर्ने र यसरी सरकारी बैंक तथा वित्तीय संस्था खुल्नु मध्यविन्दु नगरपालिका बासीलाई अवसर भएको बताए। 

नगर प्रमुख रानाले सरकारी कारोबारका लागि जिल्ला सदरमुकाम कावासोती जानुपर्ने बाध्यता हट्दै यही नगरपालिकाभित्र सरकारी बैंकका रुपमा नेपाल बैंक लिमिटेड स्थापना हुनु नगरवासीका लागि खुसीको कुरा भएको बताए। 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंक लिमिटेड पूर्वमेची देखि पश्चिम महाकाली सम्म पुगी २१३ शाखा विस्तार गरेको छ र आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर आधुनिक बैकिङ्ग सेवा विस्तार गर्ने बताए। उनले मध्यविन्दु नगरपालिकाभित्र आर्थिक विकासको सम्भावना भएको हँुदा यस क्षेत्रका बासिन्दाका लागि नेपाल बैंकको स्थापना हुनु अवसर भएको बए। 

नेपाल बैंकले हालसम्म देशभर २१३ शाखा, १४७ एटीएम, ४९  वटा एक्सटेन्सन काउन्टरका साथै विभिन्न डिजिटल माध्यमहरुमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ।