काठमाण्डौ । आज सेयर बजार खुलेदेखि नै घटेको थियो। अन्तिममा बजार करिब २० अंकले घटेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्ड अर्थात १९९८ म प्रतिरोध सामना गरेको छ। यसअघि बजारले बोलिंगर ब्यान्डको तल्लो विन्दु करिब १९३० मा सपोर्ट लिएर माथि गएको थियो।
भोलुममार्फत हेर्दा आज बजार घट्दा कारोबार पनि घटेको छ। डेली बेसमा नै म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा हुँदै गएका छन्। तर, बुलिस क्रसओभर भने भइहालेको अवस्था होइन।
आरएसआईमार्फत आजको बजारलाई हेर्दा ओभर सोल्ड जोन नजिक ३१ बाट फर्केर आज ४१ को तहमा पुगेको छ। आगामी दिनमा यस्तो विन्दु न्युट्रल जोनभन्दा माथि लाग्छ भने बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ।
पिभटमार्फत बजारलाई यदि बजार पिभट प्वइन्ट २०३३ भन्दा माथि लाग्छ भने बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ। त्यहाँभन्दा तल रहुन्जेल बजार साइडवेज नै हो।
आगामी दिनमा यदि घटेमा बजारले क्रमशः १९५६, १९२६र १९११ मा सपोर्ट लिन सक्छ। बढेमा भने बजारले २००२, २०१७ र २०४७ मा प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago