काठमाण्डौ । गत आइतबार ४२ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार सामान्य अंकले बढेको छ।
प्राविधिक रुपमा बजारलाई डेली बेसमा हेर्दा आज १६ अंक बढेको बजारले मध्य ब्यान्ड १९८५ मा प्रतिरोध सामना गरेको छ। यसअघि बजारले २००८ मा प्रतिरोध सामना गरेर तल करिब १९६० सम्म खसेको थियो।
भोलुममार्फत हेर्दा आज बजार बढ्दा कारोबार पनि बढेको छ। यसलाई सकारात्मक रुपमा नै लिन सकिन्छ।
म्याक्डीमार्फत बजारलाई नियाल्दा भने गत १२ सेक्टेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। आरएसआईमार्फत हेर्दा पछिल्लोपटक ओभर सोल्ड जोन ३२ बाट फर्केर हाल ४७ को तहमा पुगेको छ। तर, बजारले न्युट्रल जोन ४९ को विन्दुमा धेरैपटक प्रतिरोध सामना गरेको छ।
समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा यदि बोलिंगरको मध्य ब्यान्ड र आरएसआईको न्युट्रल जोनबाट माथि जान्छ भने बजारले अप ट्रेन्ड लिएको मान्न सकिन्छ। म्याक्डीले भने बजार यसअघि नै बुलिस देखाइसकेको छ।
मनी फ्लो इन्डेक्सबाट हेर्दा भने बजारमा अहिले नै खासै कुनै सुधार भइहालेको अवस्था भने होइन।
भोलि बुधबार सार्वजनिक बिदा परेकोले अब बजार बिहीबारमात्रै खुल्नेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
3 minutes ago
26 minutes ago
24 minutes ago
47 minutes ago
52 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago