काठमाण्डौ । कोभिड–१९को दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्यान्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदिजस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्नसक्ने व्यवस्था गरेको छ। 

त्यसैगरी मनकामना केबुलकारले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेन्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। 

विगतमा झैँ आगामी दिनमा पनि यात्रु तथा भक्तजनको साथ र सद्भाव पाउने अपेक्षा कम्पनीले राखेको छ।