काठमाण्डौ । मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले २४ लाख कित्ता साधारण सेयरको सार्वजनिक निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो । 

आइपीओ निश्कासनका लागि यो कम्पनीले निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा बीओके क्यापिटल मार्केट लिमीटेडलाई नियुक्त गरेको छ । 

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड तथा बीओके क्यापिटलबीच भदौ २० गते आइतबारको दिन सेयर निश्कासनमा बिक्री प्रबन्धकको काम गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतामा मनकामना इन्जिनियरिङ्गको तर्फबाट संचालक समितिका अध्यक्ष कृष्णबहादुर उप्रेती र बीओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरे । 

साथै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बीओके क्यापिटलले नै गर्नेछ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर दोलखास्थित ५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनी हो । मिति २०६७ साल श्रावण ०२ गते स्थापित यस कम्पनीले मिति २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आइसकेको छ ।