काठमाण्डौ। मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९  परीक्षणको व्यवस्था मिलाएको छ। 

कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठल जानकारी दिए।  

कम्पनीमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका र आफ्ना तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको जनाइएको छ।