काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओको प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिँदै आईपीओ निष्कासनको अनुमति मागेको हो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका कुल २८ करोड रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। 

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।