काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।
प्राप्तिसम्बन्धी प्रारम्भिक समझेदारीपत्रमा आज बिहान दुवै लघुवित्तले हस्ताक्षर गरेका हुन्।
समता घरेलु लघुवित्तको रजिस्टर्ड केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ। मनकामना स्मार्ट लघुवित्तको भने रुपन्देहीको सिद्धार्थनगरमा रहेको छ।
प्राप्तिपश्चात कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्तापुँजी रु. ५७ करोड ५९ लाख र कुल शाखा संख्या ९९ वटा हुनेछ। हाल समता घरेलु लघुवित्तले रु. ३ करोड ३२ लाख ८५ हजार ६०० बराबरको साधारण सेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यू) गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी कम्पनी सचिव विश्व श्रेष्ठले बताए।
8 minutes ago
18 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago