काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर कारोबार आज सोमबारबाट खुलेको छ।
स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा प्रतिकित्ता मनकामना इन्जिनियरिङको २२२ रुपैयाँ र अप्पर लोहोरे खोलाको २९३ रुपैयाँमा सेयर कारोबार भएको छ।
नेप्सेले पहिलो कारोबारका लागि मनकामना इन्जिनियरिङलाई प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँदेखि अधिकतममा २२२ रुपैयाँ तोकेको थियो। यो कम्पनीलाई ‘एमईएचएल’ कारोबार संकेत प्रदान गरेको छ।
यसैगरी नेप्सेले पहिलो कारोबारका लागि अप्पर लोहोरे खोलालाई प्रतिकित्ता न्यूनतममा ९७.८७ रुपैयाँ र अधिकतममा २९३.६१ रुपैयाँ तोकेको थियो। यो कम्पनीलाई ‘यूएलएचसी’ कारोबार संकेत प्रदान गरेको छ।
यी दुवै कम्पनीको आईपीओ हिजो नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेमा मनकामना इन्जिनियरिङको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता आईपीओ सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५२ लाख कित्ता (६५ प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीसहित)को २८ लाख कित्ता (३५ प्रतिशत) रहेको छ।
यसैगरी नेप्सेमा अप्पर लोहोर खोलाको १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २६ लाख कित्ता (५१ प्रतिशत) रहेको छ भने ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीसहित) रहेको छ।
11 minutes ago
1 hour ago
24 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago