काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मनिचेन्जर कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीहरुका लागि चुक्तापँुजीको सीमा तोकेको छ। 

राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै चुक्तापुँजीको सीमा तोकेको हो। जसअनुसार भारतीय रुपैयाँको खरिदबिक्री कारोबारका लागि १९ लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ। परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि भने १५ लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरिएको छ। यी दुवै कारोबारका लागि २० लाख चुक्तापुँजी हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यसैगरी मनिचेन्जरको इजाजतपत्र प्राप्त गर्न कम्पनीहरुले राष्ट्र बैंकमा धरौटी राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। जसअनुसार भारतीय रुपैयाँको खरिदबिक्री कारोबारका लागि ५० हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि ७५ हजार रुपैयाँ र दुवै कारोबारका लागि १ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ। 

यस्तै भारतीय रुपैयाँ खरिदबिक्री कारोबारका लागि २५ हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि १ लाख रुपैयाँ र दुवै कारोबारका लागि १ लाख पच्चिस हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापतको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ।