काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गरिएको छ। 

यो कम्पनीले गत साउन ९ गतेदेखि १४ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडमार्फत १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो। 

बाँडफाँड कार्यक्रममा कम्पनीका सञ्चालक समितिका प्रबन्धक सञ्चालक देवबहादुर गुरुङले कम्पनीको यही वर्षबाट लगानीकर्तालाई प्रतिफल दिने तयारी रहेको बताए। ‘आईपीओ निकालेको पहिलो वर्ष नै लगानीकर्तालाई लाभांश दिने तयारीमा छौँ’, उनले भने, ‘कम्पनीको लोन तिर्न बाँकी नै भएकाले आईपीओ निष्कासन गरेको पहिलो वर्ष नै ६ देखि ८ प्रतिशतसम्म भए पनि लगानीकर्तालाई लाभांश दिन्छौँ।’

गुरुङले २०७४ मंसिर २३ गतेबाटै निर्माण प्रक्रिया सम्पन्न भई व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले विगत ३ वर्षदेखि नै मुनाफा आर्जन सुरु गरिसकेको बताए।