काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

मन्दाकिनी हाइड्रोपावरको सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने गर्छ। 

नेप्सेमा यो कम्पनीको कुल ५८ हजार ८० हजार ३६९ कित्ता सेयर सूचीकृत भएको छ। जसमा स्थानीयको ५ लाख ८८ हजार ३७ कित्ता, सर्वसाधारणको ११ लाख ७६ हजार ७३ कित्ता र संस्थापकको ४१ लाख १६ हजार २५९ कित्ता छन्।

नेप्सेले यो कम्पनीलाई ‘एमएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले १०२ रुपैयाँदेखि अधिकतममा ३०६ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ। 

यदि भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

यो कम्पनीको आईपीओ गत साउन १७ गते बाँडफाँड भएको थियो। आईपीओ भने गत साउन ९ गतेदेखि साउन १४ गतेसम्म सर्वसाधारणलाई बिक्री खुलाइएको थियो।