काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन १२ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमासाउन २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।