काठमाण्डौ । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ।
लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य ओरालो लागिरहेको छ।
उता चीनमा कोभिडको मामिला बढ्न थालेको छ। कोभिड नियन्त्रणका लागि चीनले कडा प्रतिबन्धहरु लगाएको छ। जसका कारण तेलको माग पनि कमी आएको छ।
यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गत मंगलबार सन् २०२३ मा विश्व अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गर्नुले पनि तेलको मूल्यमा गिरावट आइरहेको जानकारहरु बताउँछन्। आईएमएफले विश्वमा अर्को वर्ष मन्दी आउने चेतावनी पनि दिएको छ।
यिनै विविध कारणले तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। बुधबार बिहान ब्रेन्ट आयलको मूल्यमा ०.८६ प्रतिशत अर्थात ०.८२ डलरको गिरावट आएको छ। आज बिहान ब्रेन्ट आयल प्रतिब्यारेल ९३.५ डलरमा कारोबार भइरहेको छ।
यसैगरी क्रुड आयल डब्ल्यूटीआईको मूल्यमा १.०१ प्रतिशत अर्थात ०.९० डलरको गिरावट आएको छ। डब्ल्यूटीआई प्रतिब्यारेल ८८.४५ डलरमा कारोबार भइरहेको छ। –एजेन्सी
13 minutes ago
32 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago