काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले उपभोक्ता र उद्योगलाई आर्थिक मन्दीका बारेमा चेतावनी दिँदै आगामी चाडपर्वको सिजनमा ठूला खरिददारी नगर्न सुझाव दिएका छन्।
एक अन्तर्वार्तामा बेजोसले उपभोक्तालाई आफ्नो पैसा सुरक्षित राख्न र अनावश्यक खर्चबाट बच्न सल्लाह दिएका छन्। मन्दीको डरका कारण उनले अमेरिकीहरुलाई कार, फ्रिज, टीभीजस्ता महँगा वस्तु किन्नबाट जोगिन पनि सुझाएका छन्।
बेजोसले यदि कोही ठूलो स्क्रिनको टीभी किन्ने योजनामा छन् भने एकपटक विचार गर्न आग्रह गरेका छन्। ‘आफ्नो पैसा बचत गर्नुहोस् र त्यसपछि के हुन्छ हेर्नुहोस्’, उनले भने, ‘यसो गर्दा अलिकति भए पनि मन्दीबाट उत्पन्न हुने जोखिम कम गर्न सकिन्छ।’
बेजोसले केही पैसा बचत गरेर केही जोखिम कम गर्न सकिने बताए। ‘यदि हामी योभन्दा बढी गम्भीर आर्थिक संकटमा पर्यौं भने साना उद्योगी–व्यवसायले आफ्ना लागि ठूलो परिवर्तन गर्न सक्छन्’, उनले भने, ‘समस्यालाई ध्यानमा राखेर हामीले सबै सम्भावनाहरु अन्वेषण गर्न सक्छौँ।’ –एजेन्सी
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago