काठमाण्डौ। विश्वका सबैभन्दा धनी व्यक्ति तथा विद्युतीय कार कम्पनी टेस्लाका संस्थापक एलन मस्कले बारम्बार अर्थतन्त्र राम्रो नहुने आशंका व्यक्त गरिरहेका छन्। केही दिनअघि उनले मन्दीको सम्भावना पनि व्यक्त गरेका थिए। अब अवस्था यस्तै रह्यो भने टेस्लामा ठूलो मात्रामा कर्मचारी कटौती हुन सक्ने उनको भनाइ थियो।
टेस्ला इंकका सीईओ एलन मस्कले आफ्ना केही अधिकारीलाई ई–मेल पठाएका छन्। रोयटर्सले रिपोर्टका मस्क अर्थतन्त्रको अवस्था देखेर ‘सुपर ब्याड फिलिङ’ भएको छ र त्यसैले टेस्ला कम्पनीबाट १० प्रतिशत कर्मचारी हटाउन चाहन्छन्।
मस्कले आफ्नो ई–मेलमा कम्पनीले विश्वभर नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्नुपर्ने लेखेका छन्। अर्थतन्त्रका बारेमा ‘धेरै नराम्रो भावना’ छ।
मस्कले गत मंगलबार आफ्ना कर्मचारीलाई अर्को ई–मेलमा या त काममा फर्किन वा टेस्ला छोड्न चेतावनी दिएका थिए। प्रत्येक कर्मचारीले हप्तामा कम्तीमा ४० घन्टा काम गर्नुपर्ने पनि लेखिएको थियो।
यस्तो अवस्थामा मस्कको कर्मचारी कटौती गर्ने यो संकेतले धेरै अर्थ राख्छ। सन् २०२१ को अन्त्यसम्ममा टेस्लामा कुल कर्मचारीको संख्या १ लाख थियो। – एजेन्सी
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago