काठमाण्डौ । मर्जरमापछि कायम हुने नयाँ संरचनामा बीमा कम्पनीहरुले कर्मचारीलाई अनिवार्य रुपमा पुरानो पदमा कायम राख्ने गरी पदमिलान गर्नुपर्ने भएको छ। 

बीमा समितिले परिपत्र जारी बीमा कम्पनीहरुलाई मर्जरपछि बीमा कम्पनीहरुले कर्मचारीहरुलाई  पुरानै पदमा कायम राख्ने गरी पदमिलान गर्न निर्देशन दिएको हो। परिपत्रमार्फत बीमा समितिले मा गाभ्ने वा गाभिने संस्थाका कर्मचारीलाई गाभिएर कायम हुने बीमक (बीमा कम्पनी) मा साविकको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पदमिलान गर्नुपर्ने निर्देशन दिएको छ। 

यसका साथै कर्मचारीले खाइपाइ आएको तलबभत्ता तथा सेवासुविधा पनि पहिलेको भन्दा नघट्ने गरी व्यवस्थापन गर्न बीमा समितिले निर्देशन दिएको छ। 

यसैगरी मर्जरपछि एक हुने बीमा कम्पनीमा यदि कुनै व्यवस्थापकीय तथा अन्य तहका कर्मचारीले काम गर्न नचाहेमा उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाएर लागू गर्नु पनि बीमा समितिले निर्देशन दिएको छ।