– रेखा चन्द

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेको २ साता बित्दा पनि यसअघि मर्जर तथा एक्विजिसन प्रयोजनका लागि रोक्का रहेका अधिकांश कम्पनीहरुको सेयर कारोबार फुुकुुुवामा ढिलाइ भइरहेको छ। 

गत कात्तिक २४ गतेबाट लागू भएको उक्त निर्देशिकामा सेबोनले कति समयसम्म वा कति समयभित्र सेयर कारोबार फुुकुुवा गरिसक्नुपर्छ भन्ने स्पष्ट उल्लेख छैन। सोही कारणले निर्देशिका लागू भएको २ साता बित्दा पनि मर्जर प्रयोजनका लागि रोक्का रहेका अधिकांश संगठित संस्थाहरुको सेयर कारोरबार फुुकुुवामा ढिलाइ भएको हो। 

सेबोनले निर्देशिका लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका संगठित संस्थाहरुको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुुकुुवा गर्नसक्ने व्यवस्था गरेको छ। यो निर्देशिका लागू हुनुअघि मर्जर तथा एक्विजिसन प्रयोजनका लागि कुल ३५ कम्पनीको सेयर कारोबार रोक्का रहेका थिए। तीमध्ये हालसम्म ६ वटा संगठित संस्थाहरुको मात्रै सेयर कारोबार फुुकुुवा भएको छ। ंं

सेयर कारोबार फुकुवा भएका संगठित संस्थाहरुमा ४ वाणिज्य बैंक र २ लघुवित्त संस्थाको सेयरका कारोबार फुकुुवा भएको छ। बाँकी २९ कम्पनीको सेयर कारोबार फुुकुुवा भएको छैन।

ती कम्पनीहरुमा लगानी गरेका लगानीकर्ता भने सेयर कारोबार फुुकुुवाको पर्खाइका छन्। यद्यपि मर्जर प्रयोजनका लागि लामो समयदेखि रोक्का रहेको सेयर कारोबारलाई फुुकुुवा गरी कारोबार गर्नसक्ने बाटो सेबोनले खोलिदिएको थियो। जससँगै लगानीकर्ता उत्साहित पनि भएको थिए। तर, सेबोनले जारी गरेको निर्देशिकामा फुुकुुवाको मिति स्पष्ट नतोकिएका कारण तत्काल सेयर कारोबार फुुकुुवा हुुने छाँटकाँट कम देखिएको छ। 

मर्जर प्रयोनजनका लागि सेयर कारोबार रोक्का रहेका संगठित संस्थाहरुले कुनै समयसीमा नतोएिकै कारण तत्काल सेयर कारोबार फुुुकुवामा चासो नदिँदा लगानीकर्तामा थप निराशा छाएको छ।

मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का रहेको संगठित संस्थाहरुले कारोबार फुुकुुवामा गरेको ढिलाइलाई सेबोनले निकै चासोका साथ हेरिरहेको सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य बताउँछन्। ‘हामीले पनि सेयर कारोबार फुुकुुवामा भइरहेको ढिलाइलाई चासोका साथ हेरिरहेका छौँ’, उनले भने, ‘यो दिनभित्र सेयर कारोबार फुुकुवा गरिसक्नुु भनेर समय नतोकिए पनि निर्देशिकाले संगठित संस्थाहरुलाई रोक्का भएको सेयर काराबार फुुकुुवा गर्नु भनिसकेको छ।’

यदि लामो समयसम्म संगठित संस्थाहरुले सेयर कारोबार फुुकुुवा चासो नदिए सेबोन चुुप लागेर नबस्ने आचार्यको भनाइ छ। ‘सेबोनले यसलाई नियालिरहेका कारण लामो समयसम्म पनि सेयर कारोबार फुुकुुवा नगर्ने कम्पनीहरुमाथि सेबोनले पक्कै पनि थप एक्सन लिन्छ’, उनले भने।

उता नेप्सेका एक अधिकारीले मर्जर प्रयोजनका लागि यसअघि रोक्का राखिएका संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा गर्न कुनै ढिलाइ नगर्ने बताए। ‘कम्पनीहरुले प्रक्रिया पूरा गरी आएको खण्डमा नेप्सेले तुरुन्तै कारोबार फुकुवा गरिदिन्छ’, ती अधिकारीले भने। 
आगामी हप्ता केही कम्पनीहरु कारोबार फुुकुवाका लागि आउन सक्ने ती अधिकारी बताउँछन्। ‘यो साता अधिकांश संस्थाहरु कारोबार फुुकुुवाका लागि आउनसक्ने अनुुमान थियो तर त्यसरी आउनेको संख्या न्यून रह्यो’, उनले भने, ‘आगामी साता पनि बैंकसहितका केही संस्थाहरु कारोबार फुुकुुवाका लागि आउनसक्छन्।’

मर्जर प्रयोजनका लागि यसअघि रोक्का रहेको कुमारी बैंक, सिभिल बैंक, मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार फुुकुुवा भइसकेको छ। लघुवित्तमा आएमडीसी र साना किसान विकासको सेयर कारोबार पनि फुुकुुवा भइरहको छ। 

अब वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई, सेन्चुुरी कर्मसियल र एनसीसी बैंकको सेयर कारोबार फुुकुुवा हुन बाँकी छ।