काठमाण्डौ । नबिल बैंकमा विलय हुने प्रक्रियामा रहेको नेपाल बंगलादेश (एनबी) बैंकका लगानीकर्ताले आउँदो मंगलबारदेखि सेयर कारोबार गर्न पाउने भएका छन्।
सर्वोच्च अदालतले बिहीबार एनबी बैंकलाई नबिल बैंकसँगको मर्जर प्रक्रिया हाललाई अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै अब एनबी बैंकका लगानीकर्ताले सेयर कारोबार गर्न पाउने भएका हुन्। मर्जर प्रक्रिया नै रोकिएपछि नेप्सेले एनबी बैंकको सेयर कोरोबार रोक्का राख्न नमिल्ने स्रोत बताउँछ। ‘त्यसैले मंगलबारदेखि एनबी बैंकका लगानीकर्ताले सेयर कारोबार गर्न पाउनेछन्’, स्रोतले भन्यो।
नबिलसँग प्राप्तिमा जाने सम्झौता गरेसँगै एनबी बैंकको सेयर कारोबार गत फागुन २९ गतेदेखि रोक्का गरिएको छ।
सर्वोच्चमा परेको रिटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिँदै तत्काललाई मर्जर प्रक्रिया स्थगित गर्न भनिएको छ। सर्वोच्चका न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले दिवेश्वरी इन्भेस्टमेन्ट प्रालि तथा नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाइ गर्दै मर्जर प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ ३ जेठ गते मंगलबार अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जबाफ दिन बोलाएको छ।
ती कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, नेपाल राष्ट्र बैंक, एनबी बैंक, एनबीका सञ्चालक समिति, नबिल बैंक र नबिल बैंक सञ्चालक समितिविरुद्ध रिट दायर गरेका छन्।
प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न यी दुवैले आउँदो जेठ ७ गते विशेष साधारणसभा बोलाएका छन्।
नेप्सेका एक अधिकारीले भने मर्जर प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिए पनि एनबी बैंकको सेयर कारोबार खुला हुने वा नहुने विषयमा मंगलबारमात्रै टुंगो लाग्ने बताए। ‘सोमबारसम्म बिदा छ, अहिले नै के हुन्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन’, ती अधिकारीले भने।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago