काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो।

मल्टीपर्पसले हाल कायम चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। हकप्रद बिक्रीपश्चात वित्तीय संस्थाको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।

२०७९ साल पुस मसान्तसम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९०४.११रुपैयाँ, कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९.४४  रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४३६.८२ रुपैयाँ गरी कुल १३ हजार १३५ ग्राहकलाई सेवा दिइ रहेको छ। 

त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ।