काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको छ।
कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न ४ लाख ६ हजार ८०० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको हो।
सोहीअनुसार उक्त सेयर सर्वसाधारण समूहमा कारोबार हुने गरी अभिलेख गरिएको पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
योसँगै मल्टीपर्पस फाइनान्सको संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहमा ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।
28 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago