काठमाण्डौ । विश्वभरजस्तै अमेरिकी जनता पनि महँगीको मारमा परेका छन्।
महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ। बैंक अफ अमेरिकाले ब्याजदर वृद्धिको प्रभाव आगामी वर्षको सुरुदेखि देखिने जनाएको छ।
प्रत्येक महिना लगभग १ लाख ७५ मानिस बेरोजगार हुने जोखिममा छन्। अमेरिकाको रोजगारी बजार सेप्टेम्बरमा बलियो रह्यो तर त्यो चाँडै परिवर्तन हुन सक्छ। फेड रिजर्भले ब्याजदर बढाएको आक्रामक तरिकाले चाँडै सबै चीजको मागलाई असर गर्न सक्छ।
बैंक अफ अमेरिकाले शुक्रबार एक रिपोर्टमा भनेको छ कि रोजगारी वृद्धि वर्षको चौथो त्रैमासिकमा आधा हुन सक्छ। महँगीविरुद्ध फेड रिजर्भका उपायहरुले अर्को वर्षको सुरुमा गैरकृषि क्षेत्रका रोजगारलाई असर गर्न सक्छ। यसका कारण पहिलो त्रैमासिकमा प्रत्येक महिना लगभग १ लाख ७५ हजार मानिसले आफ्नो जागिर गुमाउन सक्छन्।
प्रतिवेदनका अनुसार २०२३ मा मानिसहरुले पूरै वर्षका लागि आफ्नो जागिर गुमाउनुपर्ने हुनसक्छ।
सीएनएनको रिपोर्टअनुसार बैंक अफ अमेरिकाका अर्थ विभागका प्रमुख माइकल ग्यापनले आगामी वर्षको पहिलो ६ महिनामा मन्दी सुरु हुन सक्ने बताएका छन्। अमेरिकाले सेप्टेम्बरमा २ लाख ६३ हजार रोजगारी थपेको छ। रोजगार बजार सुस्त भए पनि गत शुक्रबार जारी गरिएको तथ्यांकअनुसार अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत छ। जुन सन् १९६९ यताकै न्यून स्तर हो।
आगामी एक वर्षमा देशमा बेरोजगारी दर ५ देखि ५.५ प्रतिशत पुग्न सक्ने ग्यापनको भनाइ छ। तर, फेडले अर्को वर्ष ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
महँगी नियन्त्रण गर्न फेड रिजर्भले विगत चार दशकमा सबैभन्दा छिटो ब्याजदरमा वृद्धि गरिरहेको छ। फेड रिजर्भका अधिकारीहरु आफूहरुको लक्ष्य मुद्रास्फीतिलाई नियन्त्रण गर्ने नै रहेको बताउँछन्। यद्यपि, अर्थव्यवस्था मन्दीमा फसेको छ।
ग्यापनले श्रम बजारको कमजोरी ६ महिनासम्म जारी रहने बताए। –एजेन्सी
15 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago