काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले फेरि ब्याजदर बढाउने तयारी गरेको छ। 

आरबीआईले आउँदो नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाएको छ। बैठकमा पछिल्लो ३ त्रैमासिक अवधिमा ब्याजदर ६ प्रतिशतभन्दा कम राख्न नसकेको विषयमा छलफल हुनेछ। आरबीआईले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आरबीआई ऐनको धारा ४५जेडएनअन्तर्गत नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाइएको छ।’

सेक्सन ४५जेडएन मुद्रास्फीति लक्ष्य कायम राख्न सम्बन्धित छ। महँगी नियन्त्रण गर्न रिजर्भ बैंकको प्रयासका बाबजुद मुद्रास्फीति दर बढ्न जारी छ। सेप्टेम्बरमा भारतको खुद्रा मुद्रास्फीति दर ७.४१ प्रतिशत पुगेको थियो भने अगस्टमा ७ प्रतिशत थियो।

सेप्टेम्बरमा खाद्य मुद्रास्फीति ८.६० प्रतिशतले बढेको छ। यो अगस्टमा ७.६२ प्रतिशत बढ्यो। 

मुद्रास्फीति नियन्त्रण गर्न आरबीआईले लगातार रिपो दर बढाउँदै आएको छ। सेप्टेम्बरमा भएको मौद्रिक नीति समितिको बैठकपछि रिजर्भ बैंकले रिपो दर आधा प्रतिशतले बढाउने निर्णय गरेको थियो। योसँगै ५.४ बाट बढेर ५.९ प्रतिशत पुगेको छ। 

यसअघि अगस्टमा आरबीआईले रिपो दर आधा प्रतिशतले बढाएको थियो। गत अगस्टमा भएको एमपीसी बैठकमा पनि रिपो दर आधा प्रतिशतले बढाएर ४.९० प्रतिशत पुर्याएको थियो। –एजेन्सी